दफा १८३
पक्षलाई तारिख तोकेको दिन साक्षी परीक्षण गर्ने दिन तोक्ने

(१) दफा १८१ वा १८२ को अवस्थामा बाहेक साक्षी परीक्षण गर्दा पक्षलाई तारिख तोकिएको दिनमा नै परीक्षण गर्ने गरीअदालतले साक्षी परीक्षण गर्ने दिन तोक्नु पर्नेछ ।
(२) साक्षी परीक्षण गर्दा साक्षीले व्यक्त गरेको कुराको बकपत्र तयार गरी निजको सहीछाप गराई अभिलेख गर्नु पर्नेछ।